धरान । धरान उपमहानगरपालिका–१५ स्थित एक घरमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको छ । स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
मृतक आमा छोरी भएको बताइएको छ । यद्यपी उनीहरुको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । त्यस्तै आगलागीको कारण खुल्न नसके पनि विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । त्यसबारे अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
Related Post
चीनले बिदेशी विद्यार्थीलाई अहिले प्रवेश दिएको छैन । पढाई सकिने सकिने बेला चीनबाट फैलिएको कोभिडबाट बच्न नेपाल आएका उनीहरु फेरि...
डोटी, २१ माघ । डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७...
काठमाडौँ, २० माघ । सरकारले सात प्रकारका दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाउन उच्च प्राथमिकतामा राखेको छ । कोरोनाले मृत्यु हुनेमा २५ प्रतिशतभन्दा...
Comments