देशलाई नयाँ युगमा प्रवेश गराउन सक्षम व्यक्ति नै प्रधानमन्त्री ओली : मन्त्री गुरुङ

काठमाडौँ, १८ असार । महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली मुलुकको वर्तमान समयमा अति आवश्यक व्यक्ति भएको उल्लेख गर्नुभएको छ ।

वर्तमान समयको लागि मुलुकलाई अघि बढाउन सक्षम व्यक्ति प्रधानमन्त्री ओली भएको उल्लेख गर्दै नेपाललाई नयाँ युगमा प्रवेश गराउनुभएको दावी गर्नुभएको छ ।

उहाँले पार्टी एकतापछि नयाँ राजनीतिक दिशासँगै प्रधानमनत्री ओलीको नेतृत्वमा मुलुक नयाँ युगको बाटोमा अघि बढिरहेको बताउँदै देशलाई निरागिता तर्फ हाक्न सक्ने सक्षम व्यक्ति प्रम ओली भएको बताउनुभएको छ ।

पछिल्लो समय गुट र उपगुटका कारण सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट राजिनामा मागिएपछि उहाँले उक्त कुरालाई लक्षीत गर्नै मुलकुको लागि प्रम ओलीको अथक प्रयास र अदम्य साहसका कारण सहि दिशामा अघि बढेको बताउनुभयो ।

उहाँले आफ्नो धारणा सामाजिक सञ्जालमा राख्दै भन्नुभएको छ, ‘पार्टी एकतापछि नयाँ राजनीतिक दिशासँगै देश नयाँ युगमा प्रवेश गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अथक प्रयास र अदम्य साहसले आफ्नै शरिर र देशका समस्याग्रस्त अंगहरुको स्वास्थ्यमा अकल्पनीय सुधार आएको छ । स्वस्थ शरिरले देशलाई निरोगितातर्फ हाँक्न सक्षम हुनुहुनेछ ।’

Comments

Related Post

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठलाई आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका छन्। लुम्बिनी प्रदेशको योजना...

जलेश्वर, महोत्तरी सदरमुकाम जलेश्वरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । यसअघि धनुषाको जनकपुरधाममा भरपर्दै आएका महोत्तरीका १५ मध्ये १३...

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १...