दुई वर्षमा भक्तजनले पाथीभरामा चढाए ६८ तोला सुन

ताप्लेजुङ : प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दुई वर्षको अवधिमा भक्तजनले ६८ तोला सुन चढाएका छन्। यस्तै, २९ किलो चाँदी चढाएको सुनचाँदी व्यवस्थापन उपसमिति सदस्य गोपाल न्यौपानेले जानकारी दिए। उक्त सुन र चाँदी २०७५ साउन १ देखि २०७७ साउनसम्मको अवधिमा चढाएका हुन्। सुन र चाँदी बिक्रीका लागि उपसमितिले सात दिने सूचना प्रकाशन गर्ने निर्णय गरेको छ।   उक्त निर्णय पाथीभरा भेटीपाती व्यवस्थापन समिति समक्ष पेश गरेपछि मात्र सूचना प्रकाशन गर्ने प्रावधान छ। जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा भेटीपाती व्यवस्थापन समिति गठन गरिएको छ। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार यसअघि पनि बिक्रीका लागि दुई पटक सूचना प्रकाशन गरिएको थियो। यद्यपि, सुनको बढ्दो भाउका कारण व्यवसायीले खरिद गर्नका लागि कोटेशन पेश गरेनन्। 

Comments

Related Post

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठलाई आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका छन्। लुम्बिनी प्रदेशको योजना...

जलेश्वर, महोत्तरी सदरमुकाम जलेश्वरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । यसअघि धनुषाको जनकपुरधाममा भरपर्दै आएका महोत्तरीका १५ मध्ये १३...

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १...