चट्याङ लागेर घाइते भएका एकको मृत्यु , दुई जनाको उपचार हुँदै

बेलौरी, (कञ्चनपुर) ९ भाद्र । चट्याङ लागेर सख्त घाइते भएका २३ वर्षिय लोकेन्द्र चन्दको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।

सोमबार बेलौरी नगरपालिका- १ बैशाखीस्थित राधाकृष्ण मन्दिरको मिटर बक्समा राति ८:३५ बजेतिर चट्याङ पर्दा तीनजना घाइते भएका थिए । घाइते २३ वर्षीय लोकेन्द्र चन्द , वर्ष २५ का सुजन शाही र वर्ष २० का नरेश शाहीलाई उपचारका लागि धनगढीको निसर्ग हस्पिटल लगिएको थियो । तर चन्दकाे उपचारकै क्रममा मृत्यु भयाे ।

जाँच गर्दा लोकेन्द्र चन्दलाई डाक्टरले मृत घोषणा गरेको प्रहरी निरीक्षक चन्दले बताए । निजको सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरिने भएकाे छ । बाँकी घाइते दुईजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते सुजन र नरेशकाे कम्मरमुनिकाे भागले काम गरिरहेको छैन भने अवस्था चिन्तामुक्त रहेको प्रहरीले जनाएको छ ।

Comments

Related Post

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठलाई आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका छन्। लुम्बिनी प्रदेशको योजना...

जलेश्वर, महोत्तरी सदरमुकाम जलेश्वरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । यसअघि धनुषाको जनकपुरधाममा भरपर्दै आएका महोत्तरीका १५ मध्ये १३...

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १...