महोत्तरीमा थप दुई कोरोना संक्रमितको मृत्यु

ज्नकपुरधाम, ९ भदौ । महोत्तरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार (आज) मनरा सिस्वा नगरपालिका वडा नम्बर ५ बस्ने ७५ वर्षीय एक पुरुषको उपचारको लागि जिल्ला अस्पताल जलेश्वर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

क्यान्सर रोगीसमेत रहेका उक्त पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि जलेश्वरस्थित आइसोलेशन ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै, बलवा नगरपालिका वडा नम्बर ३ बस्ने ६६ वर्षीय एक पुरुषको समेत मृत्यु भएको छ । उनी लामो समयदेखि ढाडको समस्याले पीडित थिए ।

Comments

Related Post

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठलाई आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका छन्। लुम्बिनी प्रदेशको योजना...

जलेश्वर, महोत्तरी सदरमुकाम जलेश्वरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । यसअघि धनुषाको जनकपुरधाममा भरपर्दै आएका महोत्तरीका १५ मध्ये १३...

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १...