भन्सार छलेर ल्याइएको रु बाइस लाखको सामान बरामद

नवलपरासी, सशस्त्र प्रहरीले चालु आवको हालसम्म भारतबाट भन्सार छलेर ल्याउँदै गरेको रु २२ लाख मूल्य बराबरको सामान बरामद गरी भन्सार कार्यालय गड्डाचौकीलाई बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ शैलेश्वरी गण तथा मातहतका गुल्म र बोर्डर आउट पोष्टले चालु आवको डेढ महिनाको अवधिमै रु २२ लाख ३६ हजार छ सय ३१ बरावरको किराना, हार्डवेयर, युरिया, कपडा, सवारीसाधनलगायतका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो ।

सीमा क्षेत्र हुँदै भारतबाट अवैध रुपमा भित्र्याइएका सामान मोबाइल, पैदल गस्ती टोलीले बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक बिरेन्द्र बहादुर ऐरले बताए । उनका अनुसार सोही अवधिमा रु तीन लाख पाँच हजार नौ सय ९३ को भारततर्फ तस्करी हुदै गरेको वन पैदावरका रुपमा रहेको सिसौ, सागवान र सालका गोलिया बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ ।

भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको रु छ लाख १५ हजार चार सय १० बरावरको कुखुरा, अण्डा, माछालगायत बरामद गरी सरोकारवालाको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी उपरिक्षक ऐरले बताए । रासस

Comments

Related Post

चीनले बिदेशी विद्यार्थीलाई अहिले प्रवेश दिएको छैन । पढाई सकिने सकिने बेला चीनबाट फैलिएको कोभिडबाट बच्न नेपाल आएका उनीहरु फेरि...

डोटी, २१ माघ । डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७...

काठमाडौँ, २० माघ । सरकारले सात प्रकारका दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाउन उच्च प्राथमिकतामा राखेको छ । कोरोनाले मृत्यु हुनेमा २५ प्रतिशतभन्दा...