डडेल्धुरा : डडेल्धुरा अस्पतालमा स्थापना भएको कोरोना परीक्षण प्रयोगशालामा एक घण्टामै कोरोना भाइरसको संक्रमण परीक्षण हुने भएको छ। ल्याबमा ‘एक्सपर्ट एक्सप्रेस’ विधिबाट एक घण्टामै कोरोनाको रिपोर्ट आउने प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए। ‘कुनै मृतकको अथवा गम्भीर घाइते भएका बिरामीको कोरोना परीक्षण गर्नुपरे उक्त विधि प्रयोग गरिन्छ’ उनले भने, ‘यो सुविधा सुदूरपश्चिममा अन्त कतै छैन, हामी स्वाब नमुना पुगेको एक घण्टामै रिपोर्ट दिन सक्छौं।’ उक्त मेसिनबाट हालसम्म मृतक र गम्भीर बिरामी गरी ७ जनाको परीक्षण भएको प्रयोगशाला इन्चार्ज भुसालले बताए। डडेल्धुरा अस्पतालले उक्त सुविधा सुरु गरेपश्चात् मृतकका आफन्तलाई अन्तिम संस्कार गर्न तथा गम्भीर बिरामीको शल्यक्रिया गर्न चिकित्सकलाई सहज हुने भएको छ।
Related Post
चीनले बिदेशी विद्यार्थीलाई अहिले प्रवेश दिएको छैन । पढाई सकिने सकिने बेला चीनबाट फैलिएको कोभिडबाट बच्न नेपाल आएका उनीहरु फेरि...
डोटी, २१ माघ । डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७...
काठमाडौँ, २० माघ । सरकारले सात प्रकारका दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाउन उच्च प्राथमिकतामा राखेको छ । कोरोनाले मृत्यु हुनेमा २५ प्रतिशतभन्दा...
Comments