बैतडीमा तेस्रो चरणको निषेधाज्ञा आजदेखि सुरु

बैतडी : बैतडीमा तेस्रो चरणको निषेधाज्ञा आजदेखि सुरु भएको छ। भदौ ८ देखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ सम्म लम्बाइएको हो। जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले भदौ २२ देखि ३१ सम्म निषेधाज्ञा खुकुलो पारी लम्ब्याउने निर्णय गरेको हो। बैठकपछि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी आदेशमा उक्त जानकारी दिइएको छ। निषेधाज्ञाका अवधिमा अनिवार्य रुपमा मास्क, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म सबै प्रकारका पसल खोल्न दिने निर्णय भएको जनाइएको छ। यस्तै, जोर बिजोर प्रणालीमा सवारी साधन सञ्चालन गर्न दिने र निषेधाज्ञाको अनुगमन गर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।  ‘हामीले जनजीवनलाई केही सहज हुने गरेर निषेधाज्ञा खुकुलो पारेका छौं,’ प्रजिअ जोशीले भने, ‘यसको अर्थ स्वास्थ्य सुरक्षा सतर्कता नपआउने भन्ने होइन। निषेधाज्ञा खुकुलो भए पनि पूर्ण रुपमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सबैलाई आग्रह गर्दछु।’ निषेधाज्ञामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन जिल्लामा सबै प्रकारका भेला, बैठक, सेमीनारमा भने यसअघिकै निर्णयअनुसार रोक लगाइने जारी आदेशमा उल्लेख गरिएको छ। यस्तै राति ९ देखि बिहान ५ बजेसम्म हिँड्डुलमा पनि रोक लगाइएको छ। यसअघि भदौ ८ गतेदेखि भदौ १४ गतेसम्म पहिलो चराण र १४ गतेदेखि भदौ २१ गतेसम्म दोश्रो चरणको निषेधाज्ञा जारी गरेको थियो। बैतडीमा हालसम्म ३७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ती मध्ये ३६० जना निको भएर घर गइसकेका छन् भने १५ जना विभिन्न स्थानीय तहका विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्याय बैतडीले जनाएको छ।

Comments

Related Post

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १...

काठमाडौँ, २ कार्तिक । सरकारले लामो तथा मध्यम दुरीमा यात्रा गर्दा फेस शिल्ड (भाइजर) लगाउन यात्रुलाई आग्रह गरेको छ । कोरोना...

काठमाडौँ, २ कार्तिक । नेपालबाट भारत तस्करी गर्न लागिएको २३ किलो सुन पर्सा प्रहरीले शनिबार बरामद गरेको छ । भारतीय...