प्रदेशको नीति तथा योजनाको वार्षिक प्रतिवेदन हस्तान्तरण

जनकपुरधाम, प्रदेश नं २ को नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन प्रदेश सरकारलाई आज हस्तान्तरण गरेको छ । मुख्यमन्त्री लालबाबु राउतलाई आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले सो प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

प्रतिवेदनमा गत आवको उपलब्धि एवं नीति तथा कार्यक्रम उल्लेख गरिएको छ । प्रतिवेदनमा विषयगत मन्त्रालयको बजेट सीमा निर्धारण र मार्गदर्शन, मध्यकालीन खर्च संरचना, प्रदेशको प्रथम आवधिक योजना, दिगो विकास लक्ष्यका मार्गचित्र, जनसाङ्ख्यिक स्थिति विवरण, प्रदेश पाश्र्वचित्र, प्रदेश अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन एवं प्रदेश योजना तथा कार्यक्रम दिग्दर्शन राखिएको छ । रासस

Comments

Related Post

चीनले बिदेशी विद्यार्थीलाई अहिले प्रवेश दिएको छैन । पढाई सकिने सकिने बेला चीनबाट फैलिएको कोभिडबाट बच्न नेपाल आएका उनीहरु फेरि...

राजनीतिमा होमिनेका आ-आफ्नै भावना, विचार र लक्ष्य होलान्। रौतहटको यमुना गाउँपालिका-३ घर भएका लखिन्द्र दास तात्मा दलित माथिको भेदभाव अन्त्य गर्न चाहन्थे। जातीय...

भक्तपुरको एक होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरस्थित भिमेश्वर...