नाका कडाइ नगर्दा भयावह अवस्था आयोः फोरम सचिव श्रेष्ठ

भक्तपुर, उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरस सिंहदरबार प्रवेश नगरेसम्म नियम बनाउनेहरुको चेत नखुल्ने बताउनुभएको छ । रफत् सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको अन्तरक्रियामा उहाँले नगरपालिका फोरमले पटकपटक सिमा नाका कडाइ गर्न गरेको आग्रह अटेर गर्दा भयावह अवस्था आएको बताउनुभयो ।

फोरमका सचिव श्रेष्ठले देशभरको सङ्क्रमितको सङ्ख्याको ५० प्रतिशत सङ्क्रमित उपत्यकामा देखिनु र नियन्त्रणमा जिम्मेवार निकायले लापरवाहीकै कारण कोरोना नियन्त्रण बाहिर पुगेको बताउनुभयो । “हामीले सीमा नाका कडाइ गरौँ, उपत्यका जोगाउन बाहिरी जिल्लाबाट प्रवेश गर्न नदिऔँ र उपत्यकाभित्र लकडाउन खोलौँभन्दा प्रशासनले मानेन,” उहाँले भन्नुभयो ।

उपत्यकामा डरलाग्दो अबस्थामा सङ्क्रमण बढ्दै समुदायमा फैलिएको बताउदै उहाँले उपत्यकाबाट अव दशैं र तिहारको समयमा बाहिर जानेबाट देशैभर कोरोना सङ्क्रमणको दर वृद्धि हुने अवस्था रहेकाले सर्तकता अपनाउन आवश्यक रहेको भनाइ राख्नुभयो । अब लकडाउनको अर्थ नभएको बताउँदै उहाँले भाइरस सङ्क्रमण बढी भएको क्षेत्रमा निषेधाज्ञा लगाउन भने सकिने बताउदै दशैं तिहारसम्म सङ्क्रमितको सङ्ख्याले एक लाख नाघ्ने बताउनुभयो । उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको निषेधाज्ञा कागजमै सीमित बन्दा उपत्यकामा महामारी फैलिएको उहाँको भनाइ थियो ।

रासस

Comments

Related Post

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठलाई आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका छन्। लुम्बिनी प्रदेशको योजना...

जलेश्वर, महोत्तरी सदरमुकाम जलेश्वरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । यसअघि धनुषाको जनकपुरधाममा भरपर्दै आएका महोत्तरीका १५ मध्ये १३...

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १...