प्रदेश बलियो बनाउन हरेक क्षेत्रको योगदान आवश्यक : मुख्यमन्‍त्री पोखरेल

काठमाडौँ, २० असोज । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई बलियो बनाउन हरेक क्षेत्रको योगदानलाई मिलाउनुपर्ने आवश्यक रहेको बताएका छन् ।

आज प्रदेश ५ को प्रदेशसभा बैठकमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री पोखरेलले कुनै एक क्षेत्र विशेषमा केन्द्रित भएर सोच्दा प्रदेश बलियो बनाउन नसकिने बताएका हुन ।

उनले भने, “हामीले हाम्रो प्रदेशलाई बलियो बनाउन हरेक क्षेत्रको योगदानलाई मिलाउनुपर्छ । कुनै क्षेत्र विशेषको केन्द्रित भएर सोच्छौं भने यो सम्भव छैन,” ।

प्रदेशसभा र प्रदेश सरकारले प्रदेशबारे सोच्दा प्रदेशभित्र रहेका १२ वटै जिल्लाका नागरिकको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्न सक्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने, “हामीले सोच्दा हाम्रो प्रदेशमा रहेका १२ वटै जिल्लाको समृद्धिको परिकल्पना सामूहिक रुपमा गर्नुपर्दछ, प्रदेश सरकार र प्रदेशसभाले सोच्दा १२ वटै जिल्लाका जनताको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्न सक्नुपर्दछ ।”

भालुबाङले प्रदेशको साझा मनोविज्ञानको प्रतिनिधित्व गर्ने बताएका छन् । प्रदेशसभामा प्रदेश केन्द्रका बारेमा धारणा राख्दै उनले थारु, मगर र मधेसी समुदायको भावनालाई भालुबाङले जोड्ने पनि बताए । अर्घाखाँचीको शीतगंगा गाउँपालिकाको केही क्षेत्रसमेत केन्द्रमा समेटिएको भन्दै उनले कुनै राजनीतिक आग्रह राखेर प्रदेश केन्द्र नतोकेको पनि प्रस्ट पारे ।

भालुबाङ प्रदेशको एकल नदी सभ्यता भएको ठाउँ राप्ती नदीको छेउमा प्रदेश राजधानीको परिकल्पना गरेको र सो नदीले दुई वटा आञ्चलिक मनोविज्ञानलाई जोड्ने पनि बताए । बुटवललाई औद्योगिक केन्द्र, लुम्बिनीलाई पर्यटकीय राजधानीका रुपमा विकास गर्ने प्रतिबद्धता समेत रहेको जनाएका छन । उनले प्रदेशको केन्द्र भालुबाङ तोकिए पनि विकासमा चिन्ता नगर्न बुटवलवासीलाई आग्रह गरे ।

Comments

Related Post

काठमाडौँ, २१ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौँमा आयोजना गर्ने जनसभाको...

काठमाडौँ, २० माघ । माघ महिनामा नै दुई कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन हुने भएको छ । जलविद्युत् कम्पनी र...

काठमाडौँ, २० माघ । म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएसँगै बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् । बैंकहरूको कार्यालय बन्द...