दोश्रो फिल्मको प्रतिक्षा गर्दै यी कलाकारहरु

काठमाण्डौ,नायिका मलिका महत्तले अभिनय गरेको पहिलो चलचित्र ‘यात्रा’ हो । यो चलचित्रबाट संभावना देखाएकी यी नायिकाले दोश्रो चलचित्रको रुपमा ‘पानी फोटो’मा काम गरिरहेकी थिइन् । तर, यो चलचित्रको काम लकडाउनका कारण रोकियो । जसले गर्दा, दर्शकले यी कलाकारको दोश्रो चलचित्र हेर्नका लागि अझै केही समय कुर्नुपर्नेछ ।

पहिलो चलचित्रमा काम गरेर लामो समयसम्म पर्दामा नदेखिदा कलाकारलाई घाटा लाग्छ । किनकी, आशा गरिएका कलाकारको अर्को चलचित्र आउँदा दर्शकले उनीहरुको कामको मुल्यांकन गर्न पाउँछन् भने उनीहरुलाई पनि अगाडि बढ्न सहज हुन्छ । तर, लामो समयसम्म पर्दाबाट हराउँदा मिडिया हाइप कम हुने र दर्शकले पनि विर्सने संभावना बढी हुन्छ । नायक धिरज मगरले अभिनय गरेको पहिलो चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ चर्चामा रह्यो । धिरजलाई पनि दर्शकमाझ यो चलचित्रले उदयमान स्टारको रुपमा चिनायो । तर, घोषणा भएको लामो समसम्म पनि चलचित्र ‘आई एम ट्वान्टी वान’ निर्माण हुन नसक्दा उनलाई घाटा भैरहेको छ । २ बर्ष भन्दा लामो समयदेखि पर्दाबाट टाढा रहेका धिरज दर्शकमाझ कहिले आउँछन् पक्का छैन ।

चलचित्र ‘कृ’मा काम गरेपछि चर्चामा आएकी नायिका अदिती वुढाथोकी पनि लामो समयदेखि पर्दामा आएकी छैनन् । उनले, अभिनय गर्न लागेको दोश्रो चलचित्र लकडाउनका कारण छायांकनमा जान सकेन । अदिती चलचित्रको छायांकन गरेर दर्शकमाझ आउने तयारीमा त थिइन् तर लकडाउनले उनको यो चाहना पुरा हुन सकेन । यसैले पनि अदितीलाई पनि पहिलो चलचित्रबाट पाएको क्रेज गुम्ने हो कि भन्ने डर छ । नायिका शुभेच्छा खड्का अभिनित चलचित्र ‘रणवीर’ रिलिज भएपछि उनले अर्को चलचित्रमा काम गरेकी छैनन् । शुभेच्छाले अब चलचित्रमा काम नै नगर्ने हुन् कि भन्ने टिप्पणी पनि नभएको होइन । केही कलाकार त पहिलो चलचित्रबाट असफल भएका कारण दोश्रो चलचित्रमा काम नपाएर हराउँछन् । तर, पहिलो चलचित्रबाट चर्चा पाएर पनि लामो समयसम्म पर्दाबाट कलाकार टाढा रहँदा यसले उनीहरुलाई फाइदा भन्दा घाटा नै बढी हुन्छ ।

Comments

Related Post

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठलाई आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका छन्। लुम्बिनी प्रदेशको योजना...

जलेश्वर, महोत्तरी सदरमुकाम जलेश्वरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । यसअघि धनुषाको जनकपुरधाममा भरपर्दै आएका महोत्तरीका १५ मध्ये १३...

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १...