जाजरकोटका पाँच स्थानमा स्वास्थ्य संस्था निर्माण शुरु

जाजरकोट, नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउनका लागि पाँच स्थानमा एकै पटक स्वास्थ्य संस्थाको निर्माण शुरु भएको छ ।
स्वास्थ्य संस्था निर्माण शुरु भएसँगै स्थानीयवासी खुशी भएका छन् । कुनै न कुनै स्वास्थ्य समस्याबाट पीडित बन्दै आएका दुर्गम स्थानमा सङ्घीय र स्थानीय सरकारको सहकार्यमा स्वास्थ्य संस्था निर्माण शुरु भएसँगै गाउँमै औषधि पाउने भन्दै स्थानीयवासीले खुशी व्यक्त गरेका हुन् ।

जिल्ला सदरमुकाममा ५० शय्या, पूर्वको नलगाड नगरपालिकाको दल्लीमा १५ शय्या, छेडागाड नगरपालिकामा १५ शय्या, जिल्लाको अति विकट मानिएको बारेकोट गाउँपालिकामा १५ शय्या र पश्चिम जाजरकोटको शिवालयमा १० शय्याको अस्पताल निर्माणका लागि स्वीकृत भएको र केही समयपछि निर्माण शुरु हुने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

“स्वास्थ्य क्षेत्रमा क्रान्ति नै ल्याउने योजनाका साथ एकै पटक पाँच वटा स्वास्थ्य संस्थाको निर्माण कार्य शुरु हुनेछ” उहाँले भन्नुभयो, “ पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा रोग पालेर बस्नुपर्ने जाजरकोटवासीको समस्या स्वास्थ्य संस्था निर्माणसँगै हल हुनेछ ।”
रासस

Comments

Related Post

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठलाई आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका छन्। लुम्बिनी प्रदेशको योजना...

जलेश्वर, महोत्तरी सदरमुकाम जलेश्वरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । यसअघि धनुषाको जनकपुरधाममा भरपर्दै आएका महोत्तरीका १५ मध्ये १३...

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १...