उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेमाथि कारवाही माग

काठमाडौँ, अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय (त्रिवि) समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेमाथि कारवाहीको माग गरेको छ । अखिलका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आज विज्ञप्ति जारी गर्दै आक्रमण गर्नेलाई गिरफ्तार गरी हदैसम्मको कारवाही गरेर प्राध्यापक जगत्लाई सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्नुभएको छ ।

यही असोज २० गते आफ्नो नियमित कामका सन्दर्भमा त्रिवि परिसरमा हिडिरहनुभएका उपप्राध्यापक चलाउनेमाथि एक समूहले आक्रमण गरेको थियो । उपप्रध्यापक चलाउनेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
रासस

Comments

Related Post

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठलाई आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका छन्। लुम्बिनी प्रदेशको योजना...

जलेश्वर, महोत्तरी सदरमुकाम जलेश्वरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । यसअघि धनुषाको जनकपुरधाममा भरपर्दै आएका महोत्तरीका १५ मध्ये १३...

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १...