आईपीएलःआज बैंगलोर र कोलकत्ता खेल्दै

काठमाडौं, युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ ।

आज रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । सारजाह क्रिकेट स्टेडियममा बैंगलोर र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।विराट कोहलिको कप्तानीमा रहेको बैंगलोर पाँचौ जितको खोजीमा हुनेछ ।

अघिल्ला ६ खेलमा बैंगलोर ४ जितसहित ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ । यता, दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ता पनि पाँचौ जितको खोजीमा हुनेछ । ६ खेलमा ८ अंक जोडेको कोलकत्ता तेस्रो स्थानमा रहेको
छ ।

Comments

Related Post

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठलाई आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका छन्। लुम्बिनी प्रदेशको योजना...

जलेश्वर, महोत्तरी सदरमुकाम जलेश्वरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । यसअघि धनुषाको जनकपुरधाममा भरपर्दै आएका महोत्तरीका १५ मध्ये १३...

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १...