रेजिनाले जितिन् ‘मिस नेपाल एसईई २०२०’ को उपाधि

काठमाडौँ, २७ असोज । ‘मिस नेपाल एसईई २०२०’को उपाधि रेजिना लिम्बूले जितेकी छन् ।

विजेता लिम्बुले उपाधिको साथमा शिक्षाको लागि छात्रवृत्ति, ट्रफी, क्राउन, गिफ्ट ह्याम्पर समेत हात पारेकी छन् । साथै उनले फिलिपिन्समा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस टिन टुरिज्म’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

त्यस्तै प्रतियोगीतामा फस्ट रनरअप सिल्भिया केसी बनिन् र सेकेन्ड रनरअपको उपाधि सुबिका पौडेलले हात पारिन् । प्रोभिन्सतर्फको उपाधि भने प्रोभिन्स ३ मा महिमा महतो, प्रेभिन्स १ को उपाधि रोमी राई र प्रोभिन्स ५ को उपाधि बिमिका थापा मगरले जितिन् ।

Comments

Related Post

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठलाई आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका छन्। लुम्बिनी प्रदेशको योजना...

जलेश्वर, महोत्तरी सदरमुकाम जलेश्वरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । यसअघि धनुषाको जनकपुरधाममा भरपर्दै आएका महोत्तरीका १५ मध्ये १३...

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १...