मंगलग्रह आज सबैभन्दा ठूलो र चम्किलो देखिने

काठमाडौंः आज मंगल ग्रह र पृथ्वी आमने सामने हुँदैछन् । त्यसैले मंगल ग्रह आज सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् ।

आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने अमेरिकी अन्तरीक्ष निकाय नासाले जनाएको छ ।

वास्तवमा यो एक यस्तो दुर्लभ खगोलीय घटना हो जसमा मंगल ग्रह, पृथ्वी र सूर्य एउटै रेखामा हुनेछन् ।

हरेक २६ महिनामा पृथ्वी र मङ्गलको यो जोडी एक अर्कासँग सबैभन्दा नजिक आइपुग्छन् अनि फेरि आ–आफ्नै कक्षमा घुम्दै टाढिँदै जान्छन् ।

मंगलवार राति त्यो खास क्षण आउनेछ जसलाई खगोलशास्त्रीहरुले अपोजिसन अर्थात् आमनेसामने भन्ने गरेका छन् । त्यसैले अर्को पटक मंगल ग्रह र पृथ्वी दुबै एक अर्काको नजिक डिसेम्बर २०२२ भन्दा अघि आउने छैनन् ।

Comments

Related Post

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १...

काठमाडौँ, २ कार्तिक । सरकारले लामो तथा मध्यम दुरीमा यात्रा गर्दा फेस शिल्ड (भाइजर) लगाउन यात्रुलाई आग्रह गरेको छ । कोरोना...

काठमाडौँ, २ कार्तिक । नेपालबाट भारत तस्करी गर्न लागिएको २३ किलो सुन पर्सा प्रहरीले शनिबार बरामद गरेको छ । भारतीय...