रोनाल्डोलाई कोरोना संक्रमण

एजेन्सी, फुटबल स्टार रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएको छ । ३५ वर्षीय रोनाल्डोलाई कोरोना संक्रमण भएको पोर्चुगल फुटबल फेडेरेशनले पुष्टि गरेको हो ।

रोनाल्डोलाई कुनै लक्षण नदेखिएको र आइशोलेशनमा रहेको जनाइएको छ । बुधबार पोर्चुगलले स्वीडेनसँग नेस्नल लिग ग्रुपमा प्रतिष्पर्धा गर्ने तय हुँदा मुख्य खेलाडी रोनाल्डोलाई संक्रमण पुष्टि भएको हो । यसअघि पोर्चुगलले फ्रान्ससँग बराबरी खेलेको थियो ।

जुभेन्टस क्लबबाट खेल्ने रोनाल्डोविना पोर्चुगललाई आजको खेल कठिन पर्न सक्छ ।

Comments

Related Post

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठलाई आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका छन्। लुम्बिनी प्रदेशको योजना...

जलेश्वर, महोत्तरी सदरमुकाम जलेश्वरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । यसअघि धनुषाको जनकपुरधाममा भरपर्दै आएका महोत्तरीका १५ मध्ये १३...

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १...