सङ्घीय शिक्षा ऐन चाँडो ल्याउन माग

काठमाडौँ, नेपाल शिक्षक महासङ्घले संविधानबमोजिम सङ्घीय शिक्षा ऐन चाँडो ल्याउन आग्रह गरेको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ महानगर समितिले आज भर्चुअरुपमा आयोजना गरेको ‘समसामयिक शैक्षिक सवालमा महासङ्घ तथा सङ्गठनको भूमिका विषयक’ अन्तक्र्रियामा महासङ्घका अध्यक्ष बाबुराम थापाले सरकारले सङ्घीय शिक्षा ऐन ल्याउन ढिलाइ गर्न नहुने बताउनुभएको हो । उहाँले शिक्षकहरुको पेशागत हकहितका लागि सरकारसँग विगतमा भएका सहमतिको पालना हुनुपर्नेमा पनि जोड दिनुभयो ।

सङ्गठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्माले कोभिड १९ पछिको विषम स्थितिमा पनि आफूहरुले ‘ननिदाएका शिक्षकहरु’ जस्ता मौलिक कार्यक्रम सञ्चालन गर्नाका साथै विद्यार्थीलाई वैकल्पिक माध्यमबाट पठनपाठनमा दत्तचित्त भएर लागेको बताउनुभयो । महानगर समितिका अध्यक्ष डिल्ली शर्माले कोभिड १९ पछिको स्थितिमा शिक्षक सङ्गठनहरुले थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
रासस

Comments

Related Post

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठलाई आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका छन्। लुम्बिनी प्रदेशको योजना...

जलेश्वर, महोत्तरी सदरमुकाम जलेश्वरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । यसअघि धनुषाको जनकपुरधाममा भरपर्दै आएका महोत्तरीका १५ मध्ये १३...

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १...