स्युचाटारमा खुला व्यायामशाला

काठमाडौँ, काठमाडौँको नागार्जुन नगरपालिका– ९ स्युचाटारमा खुला व्यायामशाला सञ्चालनमा आएको छ । नगरपालिकाको सहयोगमा तारकेश्वर युवा क्लबले निर्माण गरेको उक्त व्यायामशालाको आज नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो ।
सो अवसरमा नेता सिंहले अहिलेको कोरोना महामारीको समयमा सामुदायिक उद्यान आवश्यक रहेको बताउनुभयो । उक्त व्यायामशाला झण्डै ११ रोपनी क्षेत्रफलमा फैलिएको छ । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई समेट्ने गरी खुला उद्यान निर्माण गरिएको जानकारी दिँदै तारकेश्वर युवा क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले नगरवासीलाई स्वस्थ राख्न खुला व्यायामशालाको अवधारणा अघि बढाइएको बताउनुभयो ।

उद्यानभित्र खुला व्यायामशाला, बालोद्यान, बहुउद्देशीय कभर्ड हल, सेभेन ए साइड फुटबल मैदानलगायत पूर्वाधार निर्माण गरिएको छ । व्यायाम गर्नका लागि १६ उपकरण जडान गरिएको छ । उक्त उद्यानमा सबै उमेर समूहका व्यक्तिले जुनसुकै समयमा पनि व्यायाम गर्न सक्ने सुविधा छ । अत्याधुनिक उपकरणसहितको उद्यान देशकै पहिलो भएको नगर प्रमुख मोहनबहादुर बस्नेतले जिकिर गर्नुभयो । उद्यान स्थापनाको अभियान नगरका १० वटै वडामा विस्तार गरिने जनाइएको छ ।
रासस

Comments

Related Post

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १...

काठमाडौँ, २ कार्तिक । सरकारले लामो तथा मध्यम दुरीमा यात्रा गर्दा फेस शिल्ड (भाइजर) लगाउन यात्रुलाई आग्रह गरेको छ । कोरोना...

काठमाडौँ, २ कार्तिक । नेपालबाट भारत तस्करी गर्न लागिएको २३ किलो सुन पर्सा प्रहरीले शनिबार बरामद गरेको छ । भारतीय...