‘पिरतिको भिसा’ मा प्रकाश सपूत अभिनय

काठमाडौं, गायक तथा मोडल प्रकाश सपूत अभिनित ‘पिरतीको भिसा’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा सपूतसंगै अस्मिता ढकाल, शम्भु धिताल र रमा थपलियाको अभिनय रहेको छ ।

सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक भएको यो गीतमा गायक शम्भुसँगै मेलिना राईको स्वर सुन्न सकीन्छ । गीतको शब्द, संगीत पनि गायक धितालले नै गरेका हुन् । यसै गीत मार्फत गायक शम्भु धितालले पहिलो पटक गायन तथा म्युजिक भिडियोमा डेब्यू गरेका हुन् ।

गीतको एरेन्जमेण्ट चर्चित एरेन्जर कृष्ण बिकले गरेका हुन् । भिडियो लाई करन चैसिरले खिचेका हुन् भने सम्पादन प्रबिन भट्टले गरेका हुन् ।जातिय विभेदभित्रको प्रेमलाई भिडियोमा देखाउन खोजिएको छ ।

Comments

Related Post

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १...

काठमाडौँ, २ कार्तिक । सरकारले लामो तथा मध्यम दुरीमा यात्रा गर्दा फेस शिल्ड (भाइजर) लगाउन यात्रुलाई आग्रह गरेको छ । कोरोना...

काठमाडौँ, २ कार्तिक । नेपालबाट भारत तस्करी गर्न लागिएको २३ किलो सुन पर्सा प्रहरीले शनिबार बरामद गरेको छ । भारतीय...