करदाता सेवा कार्यालय सञ्चालन

जलेश्वर, महोत्तरी सदरमुकाम जलेश्वरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । यसअघि धनुषाको जनकपुरधाममा भरपर्दै आएका महोत्तरीका १५ मध्ये १३ स्थानिय तहका करदाताले अब जलेश्वरमै कर बुझाउन पाएका छन् ।

करदाता सेवा कार्यालयले आज सेवा शुभारम्भ कार्यक्रमको आयोजना गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा उद्घाटन गरिएको छ । आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख जयबहादुर भण्डारीले करदाता सेवा कार्यालय जलेश्वरका प्रमुख प्रकाश निरौलालाई प्यान कार्ड हस्तान्तरण गर्नुहुँदै आजदेखि विधिवत जलेश्वरमा करदाता सेवा कार्यालय सूचारु भएको घोषणा गर्नुभएको थियो ।
रासस

Comments

Related Post

काठमाडौँ, ९ मंसिर । आज मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब ३० अंकले बढेको छ । नेप्से परिसूचक २९ दशमलव...

काठमाण्डौ,मंसिर ९ । नबिल बैंक लिमिटेड र दराज क्यामु प्रा लि.ले नेपालका साना तथा मझौला उद्यम(एसएमई)लाई सहयोग पुर्याउन एक विशेष...

काठमाण्डौ,मंसिर ८ । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भप्थ्ऋ सेवा सञ्चालन माल्याएको छ । प्रभु बैंक लि....