दशैंको टीकाको उत्तम साइत बिहान १०:१९ मा

काठमाडौँ, ४ कार्तिक । यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर १९ मिनेटमा लगाउन उत्तम रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १० गते सोमबार बिहान १० बजेर १९ मिनेटका लागि यस वर्ष टीकाको शुभ साइतलाई उत्तम मानेको गृह मन्त्रालयले जनाएको छ ।

विजयादशमीको दिन तुलजा भवानीको यात्रा बिहान ८ बजेर ४७ मिनेटको लागि तोकिएको छ भने बिहान १०ः११ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत जुरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस्तै, कात्तिक ७ गते शुक्रबार फूलपातीकै दिन बिहान ८ः५६ मिनेटमा तुलजा भवानीको यात्रा चलाउने साइत छ । यात्रा सकेर बिहान १०ः१४ मिनेटमा तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत निस्किएको समितिले जनाएको छ ।

Comments

Related Post

काठमाडौँ, ९ मंसिर । आज मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब ३० अंकले बढेको छ । नेप्से परिसूचक २९ दशमलव...

काठमाण्डौ,मंसिर ९ । नबिल बैंक लिमिटेड र दराज क्यामु प्रा लि.ले नेपालका साना तथा मझौला उद्यम(एसएमई)लाई सहयोग पुर्याउन एक विशेष...

काठमाण्डौ,मंसिर ८ । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भप्थ्ऋ सेवा सञ्चालन माल्याएको छ । प्रभु बैंक लि....