प्रदेश १ मा धान उत्पादन बढ्यो

विराटनगर, प्रदेश नं १ मा यस वर्ष धाने उत्पादनमा वृद्धि भएको छ । कृषि विकास निर्देशनालय, विराटनगरका अनुसार आर्थिक वर्ष २०७५र७६ मा कुल १२ लाख ६१ हजार ६६५ र आर्थिक वर्ष २०७६र७७ मा ११ लाख ९८ हजार ७४० मेट्रिकटन धान फलेको प्रदेश १ मा यस वर्ष सबैभन्दा बढी १३ लाख ११ हजार २४५ मेट्रिकटन धान उत्पादन भएको छ ।

प्रदेशमा कुल धान लगाउने क्षेत्रफल ३ लाख ४० हजार ८२९ हेक्टर हो हो । यस वर्ष अनुकूल मौसम, सिँचाइको राम्रो प्रबन्धले विगत केही वर्षको तुलनामा यस वर्ष किसानले ३ लाख ३२ हजार ९१७ हेक्टर जग्गामा धान लगाएका थिए ।

निर्देशनालयका अनुसार यस वर्ष ९७ दशमलव ६८ प्रतिशत रोपाइँ भएको थियो । धानको उत्पादनले किसान उत्साहित भएको, तर उचित मूल्य निर्धारण नभएकाले निराशा पनि देखिएको निर्देशनालयका प्रवक्ता सरसस्वती श्रेष्ठको भनाइ छ ।

प्रदेशमा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ९४ प्रतिशत मेट्रिकटन रहेको निर्देशनालयले बताएको छ । चौध जिल्ला रहेको यस प्रदेशमा उच्च पहाडी जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु गरी २४ हजार ११३ हेक्टर जग्गामा २३ हजार ६७७ हेक्टर जग्गामा रोपाइँ भएर ६० हजार ७१४ मेट्रिकटन धान उत्पादन भएको छ ।

मध्य पहाडी जिल्ला पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुंगा र खोटाङ गरी ९० हजार ९१६ हेक्टर जग्गामा ८८ हजार ७९० हेक्टर जग्गामा रोपाइँ भई कुल २ लाख ५५ हजार मेट्रिकटन धान उत्पादन भएको छ ।
आर्थिक अभियान दैनिकबाट साभार

Comments

Related Post

चीनले बिदेशी विद्यार्थीलाई अहिले प्रवेश दिएको छैन । पढाई सकिने सकिने बेला चीनबाट फैलिएको कोभिडबाट बच्न नेपाल आएका उनीहरु फेरि...

राजनीतिमा होमिनेका आ-आफ्नै भावना, विचार र लक्ष्य होलान्। रौतहटको यमुना गाउँपालिका-३ घर भएका लखिन्द्र दास तात्मा दलित माथिको भेदभाव अन्त्य गर्न चाहन्थे। जातीय...

भक्तपुरको एक होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरस्थित भिमेश्वर...