स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाकोे सहज जित

एजेन्सीः स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।

आज बिहान सम्पन्न खेलमा बार्सिलोनाले एल्चेलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

एल्चेको मैदानमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी जोङ र रिकार्ड पुइगले एक एक गोल गरे । खेलको ३९ औं मिनेटमा जोङको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि खेलको ८९ औं मिनेटमा रिकार्डले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए ।

जितसंगै बार्सिलोना १९ खेलमा ३७ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित एल्चे १७ अंक जोडेर १९ औं स्थानमा रहेको छ । त्यस्तै गएराति सम्पन्न अर्को खेलमा ओसासुनाले ग्रानडालाई ३–१ ल पराजित गरेको छ ।

Comments

Related Post

भक्तपुर, २ वैशाख – आफ्नो शरीरलाई फुर्तिलो र छरितो बनाउने सबैको इक्षा हुन्छ । शरीरलाई फिट राख्न जिम, एरोबिक्स, जुम्बा...

राजनीतिमा होमिनेका आ-आफ्नै भावना, विचार र लक्ष्य होलान्। रौतहटको यमुना गाउँपालिका-३ घर भएका लखिन्द्र दास तात्मा दलित माथिको भेदभाव अन्त्य गर्न चाहन्थे। जातीय...

भक्तपुरको एक होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरस्थित भिमेश्वर...