इटलीका प्रधानमन्त्री कोन्टेद्वारा राजिनामा

रोम, १४ माघ । इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले मङ्गलबार राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजिनामा दिने जानकारी गराउनुभएको छ ।

सरकारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री कोन्टेले राजिनामा दिने इच्छा राष्ट्रपतिसँग प्रकट गर्नुभएको छ ।” राष्ट्रपतिको कार्यालयबाट प्राप्त जानकारीमा प्रधानमन्त्रीले राजिनामाका लागि गरेको आग्रहलाई राष्ट्रपतिले स्वीकृत गर्नुभएको उल्लेख गरिएको छ ।

गण्तन्त्र इटलीका राष्ट्रपतिसँग रहेको अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले पदबाट दिएको राजिनामा स्वीकृत गर्नुभएको छ, राष्ट्रपतिको कार्यालयद्वारा मङ्गलबार नै जारी विज्ञप्तिमा भनिएको छ । यससँगै मातारेलाले छिट्टै नयाँ सरकार गठनका लागि इटलीका राजनीतिक दललाई आग्रह गर्नुहुनेछ ।

वर्तमान् सरकारलाई सन् २०२३ को मार्चसम्म काम गर्ने जिम्मेवारीसहित सन् २०१८ मा पाँच वर्षका लागि कोन्टे इटलीको प्रधानमन्त्री बन्नुभएको थियो । रासस / सिन्ह्वा

Comments

Related Post

भक्तपुर, २ वैशाख – आफ्नो शरीरलाई फुर्तिलो र छरितो बनाउने सबैको इक्षा हुन्छ । शरीरलाई फिट राख्न जिम, एरोबिक्स, जुम्बा...

राजनीतिमा होमिनेका आ-आफ्नै भावना, विचार र लक्ष्य होलान्। रौतहटको यमुना गाउँपालिका-३ घर भएका लखिन्द्र दास तात्मा दलित माथिको भेदभाव अन्त्य गर्न चाहन्थे। जातीय...

भक्तपुरको एक होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरस्थित भिमेश्वर...