पीएम कप क्रिकेटको फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै

काठमाडौँ, १४ माघ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरिरहेको चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल आजदेखि सुरु हुँदैछ ।

पहिलो सेमिफाइनलमा आज दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लब भिड्दैछन् । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ । एपीएफ समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुग्दा पुलिस समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो ।

समूह ‘ए’ मा अर्को विभागीय क्लब त्रिभुवन आर्मीसँग खेल्नुअघि नै लगातार तीन खेल जित्दै अन्तिम चारमा स्थान पक्का गरेको एपीएफले आर्मीलाई पराजित गर्दै समूह विजेता बन्यो । त्यसअघि एपीएफले कर्णाली प्रदेश प्रदेश १ र गण्डकी प्रदेशलाई पराजित गरेको थियो । समूह ‘ए’ मा चारमध्ये चारवटा खेल जित्दै एपीएफले ८ अंक जोड्दै अपराजित रह्यो ।

उता साविक विजेता पुलिसले पहिलो खेलमै बागमतीसँग हार व्यहोर्दै प्रतियोगिता सुरुवात गरेको थियो । त्यसैले पुलिसले सेमिफाइनल पुग्न समूहको अन्तिम खेलसम्म कुर्नुपर्‍यो र प्रदेश २ लाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । अपेक्षाअनुसार नै सेमिफाइनल पुगेका चारमध्ये तीन टिम विभागीय नै छन् । त्यसैले सेमिफाइनल खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ । दुवै टिममा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीको बाहुल्य छ ।

Comments

Related Post

चीनले बिदेशी विद्यार्थीलाई अहिले प्रवेश दिएको छैन । पढाई सकिने सकिने बेला चीनबाट फैलिएको कोभिडबाट बच्न नेपाल आएका उनीहरु फेरि...

राजनीतिमा होमिनेका आ-आफ्नै भावना, विचार र लक्ष्य होलान्। रौतहटको यमुना गाउँपालिका-३ घर भएका लखिन्द्र दास तात्मा दलित माथिको भेदभाव अन्त्य गर्न चाहन्थे। जातीय...

भक्तपुरको एक होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरस्थित भिमेश्वर...