काठमाडौँ, १६ माघ । बुद्ध एयरले १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डेका लागि विशेष अफर ल्याएको छ ।
बुद्ध एयरले यस दिनलाई अझ रमाइलो बनाउन एभरेष्ट माउन्टेन फ्लाइटको अफर ल्याएको हो ।
नौं हजार नौं सय ९९ मा एउटा टिकट किन्दा अर्को फ्री साथै चकलेट र फुलका गुच्छा पनि बुद्ध एयरले हरेक टिकटमा प्रदान गर्नेछ । बुद्ध एयरका कम्युनिकेशन म्यानेजर दिपेन्द्र कर्णले बुद्धका हरेक उडान सुरक्षित तथा संक्रमणरहित रहेको बताएका छन् । उनले बुद्ध एयरले एभरेष्ट एक्सपेरियन्स उडान हरेक शनिवार गर्दै आइरहेको पनि जानकारी दिए ।
Comments