काठमाडौँ, १७ माघ । काठमाडौँ उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले काठमाडौँको अनामनगरमा ६५ रुपैयाँमा एक छाक सादा खाना सस्तोमा खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।
उक्त रेस्टुरेन्टबाट भएको बचत अशक्त, असहायलाई निःशुल्क खाना खुवाउन प्रयोग गरिने छ ।
Comments