भारतले काेराेना खाेपका लागि ३५ हजार कराेड बजेट छुट्यायाे

एजेन्सी, १९ माघ । भारतले काेराेना खाेपकाे विकास गर्न आर्थिक वर्ष २०२१/२२ का लागि ३५ हजार कराेड भारतीय रुपैयाँ बजेट छुट्याएकाे छ ।

आज नयाँ आर्थिक वर्षकाे बजेट वक्तव्यमा भारतीय वित्तमन्त्री निर्मला सीतारमणले साे बराबरकाे बजेट विनियाेजन गरेकी हुन् ।

वक्तव्यमा वित्तमन्त्री सीतारमणले भारतीय नागरिककाे जीवनरक्षाका लागि दुईवटा भ्याक्सिनकाे विकास गर्ने बताइन् । भारतले विश्वका सय भन्दा बढी देशमा काेराेना दिने प्रक्रिया सुरु गरिसकेकाे छ।

Comments

Related Post

काठमाडौँ, २१ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौँमा आयोजना गर्ने जनसभाको...

काठमाडौँ, २० माघ । माघ महिनामा नै दुई कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन हुने भएको छ । जलविद्युत् कम्पनी र...

काठमाडौँ, २० माघ । म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएसँगै बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् । बैंकहरूको कार्यालय बन्द...