पार्टी एकता नहुँदै प्रधानमन्त्री कसरी?

काठमाडौं: प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलसमा सोमबारबाट विपक्षीको बहस सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरेका छन्।

बहसका क्रममा खरेलले वर्तमान सरकार संविधानको धारा ७६ (१) अनुसारकै भएको जिकिर गरे।

निवेदकले ७६ (१) को सरकार भने पनि बहसका क्रममा त्यस विपरित धारणा आएको भन्दै उनले ७६(२) बमोजिमको सरकार हो भने दुई दलहरू कुन हुन् भन्ने प्रश्न गरे।

उनलाई न्यायाधीश अनिल सिन्हाले भने पार्टी एकीकरण नहुँदै प्रधानमन्त्री कसरी बहुमतप्राप्त दलको नेता भए भनेर प्रश्न गरेका छन्।

२०७५ जेठ ३ मा नेकपा एकीकरण भएको र ५ मा संसदीय दलको नेता चयन भएको भएको भन्दै उनले प्रश्न गरे, उनले राष्ट्रपतिलाई पठाएको मन्त्रिपरिषद निर्णय नम्बर १ मा आफू बहुमतप्राप्त पार्टीको संसदीय दलको नेता भनेका छन्।

जुन मितिमा पार्टी एकीकरण भएकै थिएन, त्यो बेला बहुमत प्राप्त संसदीय दलको नेता कसरी भयो?’

तर महान्यायाधिवक्ता खरेलले यो प्रश्नको जवाफ नदिई बहस अघि बढाएका छन्।

Comments

Related Post

चीनले बिदेशी विद्यार्थीलाई अहिले प्रवेश दिएको छैन । पढाई सकिने सकिने बेला चीनबाट फैलिएको कोभिडबाट बच्न नेपाल आएका उनीहरु फेरि...

राजनीतिमा होमिनेका आ-आफ्नै भावना, विचार र लक्ष्य होलान्। रौतहटको यमुना गाउँपालिका-३ घर भएका लखिन्द्र दास तात्मा दलित माथिको भेदभाव अन्त्य गर्न चाहन्थे। जातीय...

भक्तपुरको एक होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरस्थित भिमेश्वर...