काठमाडौँ, १९ माघ । नायिका करिश्मा मानन्धरको निर्माण रहने फिल्म बनबासमा छोरी कविता मानन्धरले काम गर्ने भएकी छन् ।
उनी आफ्नै होम प्रोडक्शनमा बन्न लागेको फिल्म ‘बनबास’मा काम गर्न तयार भएकी छन् । यो फिल्मलाई करिश्मा मानन्धरले निर्माण गर्दैछिन् । फिल्मको निर्देशन भने सुशिल क्षेत्रीले गर्दैछन् । फिल्ममा कविता र नायक सरोज खनालको मुख्य भूमिका रहनेछ ।
उक्त फिल्म बारे करिश्माले भनिन्–‘हो, हामी चलचित्र बनाउने तयारीमा छौं । यो ठूलो बजेटको चलचित्र होइन । तर, अहिलेको अवस्थामा सानो बजेटमा उत्कृष्ट कथा भन्न आवश्यक छ भन्ने लागेको छ । चलचित्रको काम वैशाखबाट सुरु हुन्छ
Comments