म्यानमारमा वित्तीय संस्था र इन्टरनेट सेवा अवरुद्ध

काठमाडौँ, २० माघ । म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएसँगै बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् ।

बैंकहरूको कार्यालय बन्द भएसँगै एटीएमलेसमेत काम नगरेको त्यहाँका उपभोक्ताले बताएका छन् । सेनाले सत्ता नियन्त्रणमा लिएपछि इन्टरनेट सेवासमेत अवरुद्ध गरिदिएकाले पनि एटीएमलेसमेत काम नगरेको उनीहरुको भनाइ छ ।

इन्टरनेट सेवा अवरुद्ध भएकाले बैंकबाहेक पनि अरु दर्जनौँ क्षेत्रमा असर परेको छ । सैन्य शासकहरूले सबैलाई सञ्चार सम्पर्कबिच्छेद गराइदिएका छन् । म्यानमारमा नेत्री आङ सान सुकीलगायतका नेताहरूलाई हिरासतमा लिएपछि सङ्कटकाल लागू गरिएको हो ।

Comments

Related Post

काठमाडौँ, २१ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौँमा आयोजना गर्ने जनसभाको...

काठमाडौँ, २० माघ । माघ महिनामा नै दुई कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन हुने भएको छ । जलविद्युत् कम्पनी र...

काठमाडौँ, २० माघ । म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएसँगै बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् । बैंकहरूको कार्यालय बन्द...