मुम्बई, २० माघ । अभिनेत्री कंगना रनौतविरुद्ध लेखक जावेद अख्तरको मानहानिको मुद्दामा अदालतले सुनुवाइ गर्दै कंगनालाई पत्र पठाएको छ ।
नवभारत टाइम्सका अनुसार सुनुवाइको क्रममा मुम्बई प्रहरीले अदालतसामु थप अनुसन्धान आवश्यक रहेको बताएको थियो । त्यसपछि कंगनालाई आफ्नो बयान दर्ता गराउन उपस्थित हुनका लागि पत्र पठाएको हो ।
जावेदले सन् २०२० नोभेम्बरमा कंगनाविरुद्ध मानहानिको मुद्दा दर्ता गराएका थिए । अन्धेरीको मेट्रोपोलिटन मजिस्ट्रेटले २०२० को डिसेम्बरमा जुहु प्रहरीलाई जावेदको मानहानिको आरोपमा थप छानबिन गर्न निर्देशन दिएको हो ।
Comments