नेप्से परिसूचक ६५ अंकले बढ्यो

काठमाडौँ, २० माघ । आज कारोबार सेयर बजार ६५ अंक भन्दा धेरैले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश कम्पनीको सेयर मूल्य वृद्धि हुँदा सेयर कारोबार मापक नेप्से परिसूचक ६५ दशमलव ४९ अंकले बढेर २ हजार ४ सय ७घ दशमलव ७३ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ अंक् भन्दा धेरैले वृद्धि भएको छ । मंगलबार होटल बाहेकका सबै समूह बढेका छन् । कारोबार रकम पनि ८ अर्ब नाघेको छ ।

दिनभर भएका ७३ हजार ३ सय ६१ कारोबारबाट १ करोड ४९ लाख ७१ हजार २ सय २३ कित्ता सेयर सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ८ अर्ब ४२ करोड २८ लाख ६६ हजार ८ सय २७ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । aaj सबैभन्दा धेरै बिमा समूह र लघुवित्त लगानीकर्ताहरुले कमाएका छन् । निर्जिवन बिमा समूह ५ अंक् भन्दा धेरैले बढेको छ भने लघुवित्त ३ दशमलव ८ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । सबै सबइन्डेक्सहरु बढेर हरियाली छाउदा होटल समूहको सब इन्डेक्स भने २ प्रतिशत भन्दा धेरैले घटेको छ ।

Comments

Related Post

काठमाडौँ, २१ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौँमा आयोजना गर्ने जनसभाको...

काठमाडौँ, २० माघ । माघ महिनामा नै दुई कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन हुने भएको छ । जलविद्युत् कम्पनी र...

काठमाडौँ, २० माघ । म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएसँगै बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् । बैंकहरूको कार्यालय बन्द...