अभिनेत्री सुष्मा कार्कीमाथि हातपात, प्रहरीमा उजुरी

काठमाडौं: अभिनेत्री सुष्मा कार्कीले सोमबार साँझ दरबारमार्गमा रहेको लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको दावी गर्दै प्रहरीमा उजुरी दिएकी छन्। उनले आरती खड्का र पत्रकार उत्सव रसाइलीले आफूलाई कुटपिट गर्दै गालीगलौज गरेको आरोप लगाउँदै मंगलबार विहान महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी छन्।

सुष्माले आफूमाथि भएको कुटपिटको विरुद्धमा उजुरी दिएको प्रहरी वृत्त दरबारमार्गका डिएसपी रामेश्वर पौडेलले पुष्टि गरे।

‘आफूमाथि आरतीले कुटपिट गरेको र उत्सवले गाली गलौज गरेको भन्दै सुष्माले ठाडो उजुरी दिएकी छन्। डिएसी पौडेलले भने, ‘दुबै पक्षलाई अहिले बोलाएका छौँ। छलफल पछि के भएको थाहा हुनेछ।’

सुस्मालाई अन्याय भएको रहेछ भने आफूहरुले न्याय दिलाउने पौडेले जानकारी दिएका छन्।

Comments

Related Post

काठमाडौँ, २१ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौँमा आयोजना गर्ने जनसभाको...

काठमाडौँ, २० माघ । माघ महिनामा नै दुई कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन हुने भएको छ । जलविद्युत् कम्पनी र...

काठमाडौँ, २० माघ । म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएसँगै बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् । बैंकहरूको कार्यालय बन्द...