काठमाडौँ, २१ माघ । काठमाडौँको आज विहानको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको छ ।
दिउँसो काठमाडौँको तापक्रम १७–१९ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तराईमा बाक्लो हुस्सुु लागेको छ । पूर्वी तराईमा लागेको हुस्सु साँझसम्म रहने तर पश्चिम तराईमा अपरान्ह्पछि हट्दै जानेछ ।
त्यस्तै भोलिबाट मौसमा बदली सुरु हुनेछ । उक्त बदलीसँगै हिमपात र वर्षा हुने महाशाखाले जनाएको छ । हाल पाकिस्तान तथा आसपासको क्षेत्र नजिक रहेको पश्चिमी न्यून चापीय प्रणाली भोलिबाट नेपाल प्रवेश गर्ने र सो प्रणालीका कारण बिहीबार देशको पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही भू–भागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।
Comments