पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्ने

काठमाडौं: पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्ने भएका छन्। विकास कोषले पूर्वीय दर्शन, धर्म, अध्यात्म र संस्कृत भाषालाई जगेर्ना गर्ने मुख्य उद्देश्यले एकेडेमिक रूपमै विश्वविद्यालयको अवधारणा ल्याइएको हो।

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना बनिरहेको छ। गुरुयोजनामा हिन्दु विश्वविद्यालय सञ्चालन रहेको छ।

कागेश्वरी मनहरा नगरपालिकाको गोठाटारमा पशुपति क्षेत्र विकास कोषको ५ सय ३४ रोपनी जमिन छ। त्यसैमा विश्वविद्यालय, अस्पताल, गौशाला, वृद्धाश्रम र पशुपति बाटिका उद्यान बनाउने योजना रहेको सदस्य सचिव प्रदीप ढकालले जनाकारी दिएका छन्।

वृद्धाश्रम निर्माण सुरू नै भइसकेको छ। त्यो समाज कल्याण मन्त्रालय अन्तर्गत रहेको छ।

‘पशुपति हिन्दु विश्वविद्यालयका लागि प्रारम्भिक अध्ययन भइरहेको छ,’ ढकालले भने।

अध्ययनपछि कहिलेसम्ममा निर्माण गर्ने लगायत डिपिआरमार्फत योजना बनाइने उनले बताए।

उनले विश्वविद्यालयले पशुपतिनाथसँग जोडिएका सबै अंगको अध्ययन अध्यापन गर्ने बताए। पशुपति क्षेत्र विकास कोषले हाल नेपाल वेद विद्याश्रम स्कुल सञ्चालन गरिरहेको छ। त्यहाँ कक्षा १२ सम्म पढाइ हुन्छ।

Comments

Related Post

काठमाडौँ, २१ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौँमा आयोजना गर्ने जनसभाको...

काठमाडौँ, २० माघ । माघ महिनामा नै दुई कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन हुने भएको छ । जलविद्युत् कम्पनी र...

काठमाडौँ, २० माघ । म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएसँगै बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् । बैंकहरूको कार्यालय बन्द...