विदेशमा जाने नेपाल कामदारको स्वास्थ्य परीक्षण गर्ने १० ओटा स्वास्थ्य संस्था खारेज

काठमाडौँ, २१ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्ने १० वटा स्वास्थ्य संस्था खारेज गरेको छ ।

नवीकरणका लागि कागजात पेस नगरेको र चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै श्रममन्त्री गौरीशंकर चौधरीले ती संस्थालाई खारेज गरेका हुन ।

खारेज हुनेमा सुधा हेल्थ एन्ड मेडिकल सेन्टर, साउदी नेपाल मेडिकल सेन्टर, अनुरोध पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, गोदावरी डायग्नोस्टिक सेन्टर, पर्फेक्ट डायग्नोस्टिक सेन्टर, मेट्रो काठमाडौं अस्पताल, अल्का अस्पताल, अल्का पोलिक्लिनिक, रिलायबल मेडिकल सेन्टर र कन्काई डायग्नोस्टिक सेन्टर छन्

श्रम मन्त्रालयले नियमानुसार पुस मसान्तसम्म र थप गरिएको १५ दिनभित्र नवीकरण गर्न नआएकाले खारेज गरिएको जनाएको छ ।

Comments

Related Post

भक्तपुर, २ वैशाख – आफ्नो शरीरलाई फुर्तिलो र छरितो बनाउने सबैको इक्षा हुन्छ । शरीरलाई फिट राख्न जिम, एरोबिक्स, जुम्बा...

राजनीतिमा होमिनेका आ-आफ्नै भावना, विचार र लक्ष्य होलान्। रौतहटको यमुना गाउँपालिका-३ घर भएका लखिन्द्र दास तात्मा दलित माथिको भेदभाव अन्त्य गर्न चाहन्थे। जातीय...

भक्तपुरको एक होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरस्थित भिमेश्वर...