काठमाडौँ, २१ माघ । थप १ सय ४२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७१ हजार ४ सय ३१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ३५ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज २ सय ६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ६७ हजार ६५ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या २ हजार ३१ जना पुगेको छ ।
Comments