काठमाडौं: सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल मेरिडियन सुन्धाराबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ।
यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डवाहहरुले होटल मेरिडियनमा सेवा लिंदा विशेष छुट पाउँनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
बैंकले देशैभरी फैलिएका आफ्ना १ सय ९ वटा शाखा, ९८ वटा ए टि एम र १ सय ७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।
Comments