भक्तपुरमा ग्याँस सिलिण्डर पड्कँदा ६ जना घाइते

भक्तपुरको एक होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका छन्।

सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरस्थित भिमेश्वर मम एन्ड चिकेन हाउसमा आइतबार ग्याँस सिलिन्डर पड्केर आगालागी भएको हो। प्रहरी र दमकलको सहायतामा आयो नियन्त्रणमा लिइएको थियो। 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार होटलका सञ्चालक टीकाराम बस्नेतसहित ६ जना घाइते छन्। उनीहरूलाई भक्तपुरस्थित डा. ईवामुरा अस्पताल र मध्यपुर ठिमी अस्पताल लगिएको छ।

घाइतेहरू होटल सञ्चालक दोलखा सैलुङ गाउँपालिका-६ घर भई सूर्यविनायक-४ दधिकोट बस्ने ३९ वर्षीय बस्नेत, उनका आफन्त काठमाडौंको कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीय गीता कार्की छन्।

यस्तै होटलमा रहेका झापा बुद्धशान्ति गाउँपालिका-२ घर भई भक्तपुर सल्लाघारी बस्ने आदित्य सुवेदी, सूर्यविनायक-५ बस्ने १७ वर्षीय विकास पौडेल र १६ वर्षीय हिमुन्स थापा घाइते छन्।

उनीहरूलाई सबैलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाइएको उनले बताए।

Comments

Related Post

भक्तपुर, २ वैशाख – आफ्नो शरीरलाई फुर्तिलो र छरितो बनाउने सबैको इक्षा हुन्छ । शरीरलाई फिट राख्न जिम, एरोबिक्स, जुम्बा...

राजनीतिमा होमिनेका आ-आफ्नै भावना, विचार र लक्ष्य होलान्। रौतहटको यमुना गाउँपालिका-३ घर भएका लखिन्द्र दास तात्मा दलित माथिको भेदभाव अन्त्य गर्न चाहन्थे। जातीय...

भक्तपुरको एक होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरस्थित भिमेश्वर...