एक वर्षदेखि विश्व महामारीले नेपाल फर्केका चीनमा MBBS अध्ययनरत अन्तिम बर्षका बिद्यार्थीको भविष्य अन्योलमा

चीनले बिदेशी विद्यार्थीलाई अहिले प्रवेश दिएको छैन । पढाई सकिने सकिने बेला चीनबाट फैलिएको कोभिडबाट बच्न नेपाल आएका उनीहरु फेरि जान पाएका छैनन् ।

MBBS पढिसकेर कोरोनाको कारण नेपाल फर्किएका बिध्यार्थीहरूको जम्मा ३-४ महिना इन्टर्नसिप बाँकी छ । बाँकी पढाइ र इन्टर्नसीपका लागि चीन जानसक्ने अवस्था नभएपछि र बिगत १४ -१५ महिना देखि नेपाल मेडिकल काउन्सिल सँग बारमबार सघर्ष गर्दा पनि काउन्सिलको ध्यानाकर्षण नभएपछि उनीहरुको भविष्य अन्यौलमा परेको हो ।

चिनबाटै फर्किएका अन्तिम बर्षका MD विध्यार्थीहरूलाई भने धेरै दबाब आएपछि बाँकी अध्ययन नेपालमै गर्ने व्यवस्था मिलाएको छ । तर अहिले सम्म MBBS का विध्यार्थीहरूलाई काउन्सिलले वास्ता नै गरेको छैन ।

उनीहरुले सोमबार नेपाल मेडिकल काउन्सिल अगाडि शान्तिपूर्ण रुपले माग पूरा गरिदिन धर्ना दिएका छन् । चीनको विश्वविद्यालयले अहिलेको परिस्थितिमा बिद्यार्थीहरुलाई बोलाउन नसकिने जानकारी दिएपछि उनीहरुले नेपालमै छोटो समयको बाँकी इन्टर्नसिप दिलाइदिन माग गरेका छन् । झन्डै एक वर्षदेखि रोकिएको बिद्यार्थीहरुको इन्टर्नसिप अझै एक वर्ष टुंगो नलाग्ने भएपछि र सबै निकायलाई यसबारे जानकारी भएतापनि मौन बसेकाले उनीहरु निराश भएका हुन् ।

कोरोना भाइरसको महामारीसँग देशमा स्वास्थ्य जनशक्तिको खाँचो हुँदा निशुल्क स्वास्थ्य सेवामा जुट्न तयार भएपनि विद्यार्थीहरुलाई अन्यौलमा राखिएको छ । कोरोनाको महामारीमा जहाँ अन्य मुलुकहरुले आफ्ना देशका मेडिकल विद्यार्थीहरुलाई सहजीकरण र जनशक्ति तयार हुने भएकाले नियमहरुमा लचकता ल्याएपनि नेपालमा भने बिद्यार्थीहरुलाई अझै २—३ वर्ष भएपनि कुनुर्छ भन्ने सोच राख्ने निकायहरुप्रति बिद्यार्थीहरुले अनन्तुष्टी व्यक्त गरेका छन् ।

उनीहरुले नेपालमै केही समय बाँकी रहेको इन्टर्नसिप पूरा गरिदिन विभिन्न निकायमा सहयोग माग्दा वास्ता नभएको गुनासो गरेका छन् ।

Comments

Related Post

भक्तपुर, २ वैशाख – आफ्नो शरीरलाई फुर्तिलो र छरितो बनाउने सबैको इक्षा हुन्छ । शरीरलाई फिट राख्न जिम, एरोबिक्स, जुम्बा...

राजनीतिमा होमिनेका आ-आफ्नै भावना, विचार र लक्ष्य होलान्। रौतहटको यमुना गाउँपालिका-३ घर भएका लखिन्द्र दास तात्मा दलित माथिको भेदभाव अन्त्य गर्न चाहन्थे। जातीय...

भक्तपुरको एक होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरस्थित भिमेश्वर...