मेलम्ची । हेलम्बु हुँदै अाएकाे बाढीले ईन्द्रावती करिडोरमा ठूलाे क्षति भएकाे प्रारम्भिक अाँकलन गरिएकाे छ । आज भएकाे अविरल बर्षाका कारण अाएकाे बाढीले ग्याल्थुममा रहेकाे ट्राउट फर्म, रिसाेर्ट बगाएकाे अपुष्ट खबररहेकाे प्रहरीले जनाएकाे हाे।
४/ ५ जना बेपत्ता भएकाे हुन सक्ने अाँकलनसमेत रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
हेलम्बुदेखि मेलम्ची मुनीसम्म भागाभाग रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकाेटाले जानकारी दिए । हेलम्बुमा रहेकाे प्रहरी कार्यालय भवनसम्म बाढी पसेकाे छ । सडकहरू बगाएकाे स्थानीयले जानकारी दिए ।
मेलम्ची अायाेजनाकाे काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसिसकेकाे छ । अम्बाथानकाे सशस्त्र क्याम्प पनि जाेखिममा रहेकाे डिएसपी सापकाेटाले जानकारी दिए ।
बिस्तृत विवरण अाउन बाँकी छ ।
Pic: Hamro Melamchi FB
Comments